arrow

सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा आगलागी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
apf-store-room-fire-.jpg

काठमाडौँ। सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार साँझ पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दो बस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो।

सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको बलम्बु स्थित घरमा आगो लागेको हो। आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन्।

सशस्त्र प्रहरी ले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए। सशस्त्र प्रहरी अनुसार स्टोरमा चाबी लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तैनाथ थिए।

सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानबिन गर्न एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्य विभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्।

आगलागीबाट ठूलो धनराशीका सामानहरू जलेर नष्ट भएका छन्। कति सामान जल्यो भनेर यकिन भई नसकेको सशस्त्रले जनाएको छ। राति ८ बजे सम्म नियन्त्रित गर्ने प्रयास भइरहेको छ।

APF_Store_Room_Fire_NPL (8).JPG
APF_Store_Room_Fire_NPL (9).JPG
APF_Store_Room_Fire_NPL (10).JPG
APF_Store_Room_Fire_NPL (11).JPG
APF_Store_Room_Fire_NPL (12).JPG
APF_Store_Room_Fire_NPL (13).JPG
APF_Store_Room_Fire_NPL (14).JPG
APF_Store_Room_Fire_NPL (15).JPG
APF_Store_Room_Fire_NPL (16).JPG
APF_Store_Room_Fire_NPL (1).JPG
APF_Store_Room_Fire_NPL (2).JPG
APF_Store_Room_Fire_NPL (3).JPG
APF_Store_Room_Fire_NPL (4).JPG
APF_Store_Room_Fire_NPL (5).JPG
APF_Store_Room_Fire_NPL (6).JPG
APF_Store_Room_Fire_NPL (7).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ