arrow

सरकारमा टाँसिइरहेका प्रचण्डको यस्तो गनगन [भिडियो]

भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
prachanda-81-01-04.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाको विषय भएको बताएका छन् । मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा विडम्बना र नेपालको आफ्नो विशेषता भएको पनि बताए । उनले कोही एउटा शक्तिले आफू पूर्ण रूपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महसुस नगराउन काँग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे । उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताए । उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गरे । उनले सरकारको पुनः गठन भई रहने बताए ।

उनले भने, ‘राजनीतिक दलहरू अपासी समझदारीबाट जानेतिर भन्दा अस्वस्थ प्रतिस्पर्धामै जाने र त्यसको निम्ति विभिन्न किसिमका क्रियाकलाप गर्नेबाट हामी अहिले पनि मुक्त छैनौँ । अब यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । मैले जटिल परिस्थितिका बाबजुद प्रमुख शक्तिहरूको बीचमा समझदारी नै बनाएर मात्रै यो संविधान कार्यान्वयनलाई पनि राम्रोसँग गति दिन सकिन्छ, राजनीतिक स्थायित्व र विकासलाई पनि गति दिन सकिन्छ भन्ने नै हो । यहाँहरूले कसरी हेरिराख्नुभएको छ, मलाई थाहा छैन । हुन तः अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि । डेढ वर्ष पनि भएको छैन । १५ महिना भित्र लिएँ । तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुन एउटा विडम्बना पनि भन्न सकिन्छ । अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ । मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रूपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महसुस नगरोस् भन्ने हो । दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली काँग्रेसलाई दिऊँ भन्ने थियो । मानिसहरूले अस्थिरताको आरोप पनि लगाए । तर गहिरिएर विचार गर्दा र इमानदारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो । तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै छ, सरकार निरन्तरतामै छ । सरकारको पुनः गठन भई नै राख्छ ।’

प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरू जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको बताए । उनले शको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरू जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको छ । संरचनागत कार्यक्रममा विषय प्रवेश गर्दै जेजस्ता विषय छन् भएका छन्, त्यसले सुशासनको राष्ट्रिय सङ्कल्पमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास म व्यक्त गर्न चाहन्छु । देशको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ । यस सन्दर्भमा भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको छ । मेरो नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति लिएका नीति र चालेका कदमहरू सबैलाई अवगत नै छ ।’

प्रधानमन्त्री दाहालले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताए । मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ