माओवादी र कांग्रेसले प्रयोग गरेर सत्तामा पुग्ने भर्याङ मात्र बनाए – झलनाथ [पूर्णपाठसहित]
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
1.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाउँदै नेपाली कांग्रेससँगको सहकार्य घातक रहेको बताएका छन् ।
जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको बताएका छन् ।
खनालले माओवादी केन्द्र र कांग्रेसले आफ्नो दललाई प्रयोग गरेर सत्तामा पुग्ने भर्याङ मात्र बनाएको गुनासो गरेका हुन् ।