बजेट पारित गर्ने तयारीः काँग्रेस र माओवादीको ह्वीप, असन्तुष्ट पार्टीहरु छलफलमा
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
1.3k
Shares
काठमाडौँ । बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक शुरु हुनुअघि असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्न लागेको हो ।
जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन् ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्वीप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने यस अघि सार्बजनिक रुपमा धारणा राख्दै आएका थिए ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधवार बिहान बस्ने बैठकपछि मात्रै धारणा बनाउने जानकारी दिए ।
बुधबारको बैठकबाट बजेट पारित गर्ने तयारी सरकारले गरेको छ ।