नेकपा एसको निष्कर्षः यथास्थितिमा बजेट पारित गर्न सहयोग नगर्ने
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
1.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नहुने जनाएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताए । अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशरणमहतसँग बजेट सच्याउने विषयमा छलफल गर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।
बजेट सन्तुलित नभएकाले सच्याउनु पर्ने उनको भनाइ छ ।