arrow

शेयरको उकालो यात्राः असार मसान्तसम्मको लहर भएको शंका 

logo
निष्चलराज दवाडी,
प्रकाशित २०८० असार ३ आइतबार
article-nischalraj-dawadi-2080-03-03.jpg

व्यक्ति र संस्थाहरूले सार्वजनिक रूपमा व्यापार गरिएका कम्पनीहरूको शेयर किन्न र बेच्न सक्ने शेयर बजार अथवा स्टक मार्केट वा इक्विटी मार्केट विश्वव्यापी वित्तीय प्रणाली तथा अर्थतन्त्रको एक महत्वपूर्ण भाग रहँदै आएको छ । कम्पनीहरुले सर्वसाधारणलाई शेयर जारी गरेर पूँजी जुटाउने तथा यस्ता शेयरहरूले कम्पनीमा स्वामित्वको प्रतिनिधित्व गर्ने शेयर बजारमा लगानी निर्णयहरू गर्नुअघि वित्तीय विवरण तथा कम्पनीहरूको आधारभूत क्षमताहरूको विश्लेषण पश्चात मात्र लगानीकर्ताहरूले आफ्नो जोखिम क्षमताअनुसार विभिन्न समूहका कम्पनीहरूमा लगानी गरेर आफ्नो पोर्टफोलियोलाई विविधीकरण गर्दा मात्र जोखिमभार न्यूनीकरण गर्न सक्छन् भने आपूर्ति र मागद्वारा निर्धारण हुने शेयरको मूल्य नेपाल स्टक एक्सचेन्जमार्फत किन्दै र बेच्दै आएको पाउन सकिन्छ ।

शेयरधारकहरूलाई निश्चित अधिकारहरू प्रदान गर्ने यस्ता शेयरले कम्पनीको नाफामा साझेदारी दिलाउने हुँदा धेरै नाफा कमाएका तथा उच्च लाभांश दिने कम्पनीको खोजी गर्दै लगानीकर्ताहरू शेयर बजारमा आफ्नो सम्पत्ति बढाउने अवसर खोजिरहेका हुन्छन् भने कम्पनीको आर्थिक अवस्था, कार्यसम्पादन, उद्योग प्रवृत्ति र बजार भावना जस्ता विभिन्न कारकहरूको कारण शेयरको मूल्यमा उतारचढाव आउने गर्दछ । त्यसैले दैनिकी शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले मोल्नुपर्ने यस्ता जोखिम भारका कारण पनि स्टक मार्केट वा इक्विटी मार्केटमा लगानी गर्नुपूर्व विशेष ध्यान दिन जरुरी हुन्छ ।

यस्तै जोखिमपूर्ण लगानी वातावरणमा लगानी गर्ने नेप्सेका लगानीकर्ताहरुका कारण नेप्सेले गत साता २००० अङ्कको सीमा तोडेर  २०४२ अङ्कमा रोकिएको छ । त्यस अघिल्लो साता १९३९.६१ अङ्कमा रोकिएको थियो । पुनः गत साताको आइतबारबाट क्रमशः बढ्दै गएको नेप्सेमा यो १०० अङ्कको वृद्धि भएको हो । नेप्सेमा लगभग १८ अर्ब हाराहारीको कारोबार भएको देख्न सकिन्छ भने नेप्सेले क्रमशः सुधारोन्मुख लय समातेको र यस्तो लय असार मसान्तसम्म रही रहने जानकारहरुको भनाइ छ ।

गत हप्ता सेन्सेटिभ इन्डेक्स ३८३.३९ अङ्क मा, फ्लोट इन्डेक्स १४२.०२ अङ्कमा तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १२६.८८ अङ्क विन्दुहरूमा पुग्दै आफ्नो कारोबार बन्द गरेको छ । यसैगरी यस हप्ता बैंकिंग इन्डेक्स १२३६.४८ मा, होटेल तथा पर्यटन इन्डेक्स ४७८४.३४ अङ्कमा, अन्य समूह १४३८.३९ अङ्कमा, जल-विद्धुत समूह २५७१.७४, विकास बैंक समूह ३७११.०४, उत्पादन तथा प्रशोधन समूह ५३८८.८४ अङ्कमा, फाइनान्स समूह १६८६.९५ अङ्कमा, व्यापार समूह २५३८.९२ अङ्कमा, लघुवित्त समूह ३८०३.३६ अङ्कमा, जीवन बिमा समूह १०,८८१.६० अङ्कमा, गैर-जीवन बिमा समूह १०,७००.९२ अङ्कमा, म्युचुअल फण्ड १४.०८ अङ्कमा तथा लगानी समूह ७१.५६ अङ्कमा सीमित हुँदै गत हप्ताको कारोबार अन्त्य भएको छ ।

जीवन बिमा समूहमा झन्डै १००० अङ्कको वृद्धि भएको देख्न सकिन्छ । यसैगरी गैर जीवन बिमा समूहमा झण्डै ५०० अङ्कको वृद्धि भएको देख्न सकिन्छ भने होटेल तथा पर्यटन क्षेत्र पनि ६०० अङ्कले बढेको देख्न सकिन्छ तथा उत्पादन तथा प्रशोधन समूहमा पनि झण्डै ५०० अङ्कको वृद्धि भएको देख्न सकिन्छ। गत हप्ता यी चार समूहले धेरै लगानीकर्ताहरुलाई आकर्षित गर्न सकेको देख्न सकिन्छ भने यस बाहेक अन्य समूहका लगानीकर्ताहरुलाई त्यति आकर्षण गर्न नसकेको बुझ्न सकिन्छ । लगानी समूह गत हप्ता जम्मा ४ अङ्कले मात्र बढ्यो भने लघुवित्त समूहले पुनः लय समात्दै लगभग २२५ अङ्कको वृद्धि भएको देख्न सकिन्छ । यो साता पनि शेयर बढ्ने अनुमान गर्न सकिन्छ 
                 
पछिल्लो समय नेपाली शेयर बजारमा धेरै घोटाला भएका किस्साहरु सार्वजनिक भइरहका छन् । यसले लगानीकर्ताहरुलाई थप चुनौती दिँदै आएको छ । त्यसैले सामान्य लगानीकर्ताहरुले कम्पनीको बारेमा गलत वा भ्रामक जानकारी फैलाएर कृत्रिम रूपमा स्टकको मूल्य बढाउने तथा मूल्य बढेपछि आफ्नो शेयर बेचेर नाफा कमाउने लगानीकर्ताहरूदेखि सावधान हुनुपर्छ भने भित्री गोप्य समाचारको जानकारी प्राप्त लगानीकर्ताहरुले गर्ने अवैध व्यापार गतिविधि तथा अन्य लगानीकर्ताहरूको खर्चमा नाफा कमाउन लुप्त लगानीकर्ता र लगानी वातावरणको पहिचान गर्न जरुरी हुन्छ । 

यसैगरी साइबर धोखाधडी तथा टीएमएस ह्याक जस्ता किस्साहरु पनि निरन्तर सार्वजनिक भइरहेका छन् भने बजारमा विभिन्न पोन्जी योजनाहरू लेराएर नयाँ लगानीकर्ताहरूलाई आकर्षित गर्ने तथा यस्ता लगानीकर्ताहरुबाट पैसा लिएर नयाँ लगानीकर्ताहरुलाई ठप धरापमा पार्ने विकृतिहरु बढी रहेको हुँदा यस्ता लगानीकर्ता बाट सचेत रहन र कम्पनीको बारेमा अध्ययन अनुसन्धान गरेर मात्र लगानी गर्न सुझाब जानकारहरुले दिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ