arrow

नेप्सेमा साताको पहिलो दिन राहत, दोहोरो अंकले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । आइतबार नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो । 

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ । गत साता पाँचै दिन राताम्मे भएको शेयर बजारमा आज यो साताको पहिलो दिन दोहोरो अंकले बढेसँगै केही भए पनि राहत भएको छ । 

आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए ।  आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको शेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् । 

आज दोल्टी पावरको शेयर सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको शेयर मूल्य सबैभन्दा बढी ७.४६ प्रतिशतले घटेको थियो  । 

त्यसैगरी आज कारोबार रकमका आधारमा गोर्खाज फाइनान्सको १० करोड मूल्य बराबरको शेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ