arrow

घट्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बिहीबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ । 

३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता शेयर ४२ हजार १६ पटक कारोबार हुँदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा कारोबार भएका थिए ।

त्यस्तै मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको शेयर मुल्य ८.०५ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा बढी सबैको लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ भने माइ खोला हाइड्रोको शेयर मुल्य ५.४५ प्रतिशतले घटेको छ ।

५ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.१३ प्रतिशतले बढेको छ ।

कारोबार रकमको हिसाबले सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार ८१७ बराबरको कारोबार भएको छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ