बजेटमाथि मन्त्रालयगत छलफल हुँदै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
1.2k
Shares
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा संसद्मा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल शुरु हुनेछ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।