अर्थमन्त्री भन्छन् – कागती निचोरेर कर लिने नीति मेरो छैन
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
1.4k
Shares
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कागती निचोरेर कर लिने नीति आफूले नलिएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा सांसदहरुले बजेटमाथि राखेका जिज्ञासाहरुको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्र विस्तार गरेर कर बढाउने नीति बजेटले लिएको बताए ।
सरकारले आगामी वर्ष १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । बजेटमा टिप्पणी गर्दै सांसदहरुले यो उठाउन सम्भव नभएको बताएका थिए ।
अर्थमन्त्रीले भने लक्ष्य लिएअनुसारको राजस्व उठाउन कठिन भए पनि असम्भव नभएको दाबी गरे ।