arrow

जबरजस्ती करणी आरोपमा दार्चुलाका वडाध्यक्ष पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
madan-singh-dhami-malikarjun-gaupalika3.jpg

दार्चुला । दार्चुलामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । 

मालिकार्जुन गाउँपालिका-३ का वडाध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् । 

गत माघ २० गते महिलालाई जबरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । 

उक्त जाहेरीको आधारमा बुधबार जिल्ला सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ