arrow

अर्को वर्ष सासमा पनि कर लगाउनु हुन्छ, कति मोल लिनुहुन्छ ? – सुमना श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
sumana-shrestha-parliament-2080-02-24.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छिन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गर्दै त्यसको विरोधमा आफूहरुले संसद बैठकसमेत अवरुद्ध गर्न सक्ने चेतावनीसमेत दिइन् । 

सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्हमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताइन् ।

उनले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनी  अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्नसमेत गरिन् । 

सांसद श्रेष्ठले भनिन्, ‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिव झन गरिब बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? गरिबहरुको कथा सुनाउने दातृ संस्थाहरुलाई । गरिबलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस् । अब त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अव त अर्को वर्ष तपाईले सासमा पनि कर लगाउनु हुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसावले रोकिएको छ । जनताको लागि अब हामी रोक्छौं । यस्तो गरिबहरुलाई बढी गरिव बनाउने कर स्वीकार्य छैन । यसको विरोध गर्छौ ।’

सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ