arrow

हामीले नेपालमा उत्पादन गरेको नेता बढाएको मात्र हो – चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
chitrabahadur-kc-parliament-2080-02-24.jpg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा विकास भएको भनेको नेता उत्पादन नै भएको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले भने, ‘हामीले नेपालमा उत्पादन गरेको भनेको नेता बढाएको मात्र हो । मन्त्री बढाएको मात्र हो । सांसद बढाएको मात्र हो ।’

उनले खर्च घटाउन मन्त्री र सांसद घटाउनु पर्नेमा जोड दिएका छन् । उनले संघीयता खारेज गर्नसमेत आग्रह गरेका छन् । 

केसीले खुर्सानी, आलु र प्याजको कर बढाएर सरकारले नालायक काम गरेकोसमेत बताएका छन् । 

उनले सत्तामा रहँदा साथ सबैले राम्रो देख्ने र प्रतिपक्षमा बस्दासाथ नराम्रो देख्ने बानी रहनुले दुःख दिएको बताए । 

उनले आफूलाई त आफ्ना जिल्लावासीले काम नगर्ने सांसद भनेर चिनिएको बताएका छन् । 

उनले बजेटको समर्थन गर्दै उनले भने, ‘अब कसरी अगाडि बढ्नु हुन्छ त्यो त अर्थमन्त्रीज्यूको कुरा भयो ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ