arrow

कांग्रेसमा परिवर्तन अवश्यम्भावी – गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
gt.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र अब दुई गुटमात्र रहेको दाबी गरेका छन् । उनले कांग्रेसमा परिवर्तन अवश्यम्भावी रहेको भन्दै अब परिवर्तन चाहने र रोक्ने गरी दुई गुटमात्र रहेको बताएका हुन् । 

ट्रेड युनियन कांग्रेस अन्तर्गतको युनिप्रेसले राजधानीमा आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ नामक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले अब परिवर्तन बिना कांग्रेसको अस्तित्व नरहने भन्दै त्यसका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन् । 

यसअघि विभिन्न गुट बनेका भए पनि अब निर्विकल्प रुपमा कांग्रेसको मौलिक अधिकारका लागि एक गुटमात्र हुनुपर्नेमा उनले जोड दिएका छन् । 

उनले पार्टीका व्यक्तिले चुनाव हारे पनि पार्टीको मूलभूत सिद्धान्तले जित्नुपर्ने भन्दै अब कसैसँग पनि एकता गर्न नहुनेमा जोड दिए । 

नेता थापाले कार्यकर्ताहरुमा सबैतिर निराशा छाएको भन्दै तल्लो तहका कार्यकर्ताका कुरा सुन्नका लागि त्यहाँ पुग्नुपर्ने बताए । 

उनले चुनावमा बेलामा कार्यकर्तालाई गठबन्धनकै कारण जताततै भोट हाल्न लगाइँदा कार्यकर्तामा निराशा छाएको भन्दै त्यो गल्ती अब दोहोर्याउन नहुने बताएका छन् । 

उनले भने, ‘कांग्रेसको फन्डामेन्टल राइट्सका लागि पनि अब एक जुट हुनुपर्छ र चुनावमा पार्टीले हारे हारोस् कांग्रेसको सिद्धान्तले जित्नुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ