काठमाडौँ। अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको राजश्व सङ्कलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान गरेको बताए। उनले सोमवार आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताए। चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजश्व सङ्कलन हुने अनुमान गरिएको छ।
अर्थमन्त्री महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए। उनले राजश्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको सङ्कुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम सङ्कलन हुने अनुमान गरिएको हो। वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता नआएको बताए।
उनले सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान रहेको बताए। उनले आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको बताए।