arrow

उत्पादन साथमा अनुदान हातमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prakashsharan-mahat-budget-20804.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषकका लागि उत्पादन साथमा अनुदान हातमा भन्ने कार्यक्रम ल्याइने बताएका छन् ।   

संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै डा. महतले कृषिलाई जोड दिने बताएका हुन् । 

उनले राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार कृषिको आधुनिकीकरण, भण्डारणका लागि उचित व्यवस्था मिलाइने बताए । 

उनले उत्पादन साथमा अनुदान हातमा भन्ने नारासहित कृषकलाई सहयोग गरिने भएको बताउँदै कृषि अनुदानलाई उत्पादनमा आधार बनाइने बताए । 

प्रदेश र स्थानीय तहले समेत पनि यसलाई लागू गर्ने विश्वास गरिएको उनले जनाएका छन् । 

सिक्दै कमाउँदै भन्ने प्रधानमन्त्री कृषि आधुनिनिकीकरण कार्यक्रम पनि अगाडि बढाइने भएको छ । 

खेतबारीमा प्राविधिक सेवा पाउने पनि विश्वास गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ