arrow

नेपालगञ्ज कांग्रेसलाई चुस्त बनाउन धनराजलाई कार्यबाहक सभापतिको जिम्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
nepaljung-congress-dhanaraj-burma.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस नेपालगञ्ज नगर कमिटीको कार्यबाहक सभापतिको जिम्मेवारी धनराज बर्माले पाएका छन्  ।

नेपालगञ्जका कांग्रेस नगर सभापति एवं नेपालगञ्न उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उपसभापति  बर्मालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको नेपालगञ्ज नगर कमिटीले जानकारी दिएको छ ।

नेपालगञ्जका मेयरसमेत रहेका नगर सभापति विष्टले नेपालगञ्जको समग्र विकास र जनताका कार्यहरु गर्नुपर्ने भएका कारण नगर कमिटीलाई चुस्त रुपले चलाउन उर्जावान एवं पार्टीप्रति कर्तव्यनिष्ट उपसभापति बर्मालाई केही दिनअघि कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

आफूलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि नगर कमिटीलाई चुस्त रुपले अगाडि लैजाने बर्माले बताए। 

बर्मा बाँके कांग्रेसका एक जुझारु युवा नेतामा पर्ने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ