arrow

कर्णालीमा विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
karnali-parliament-2080.jpg

सुर्खेत । कर्णाली प्रदेश सभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरिएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले कर्णाली प्रदेशको विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका हुन् । 

विनियोजन विधेयकमा नेपाल सरकारको पन्ध्रौं योजना र कर्णाली प्रदेशको पाँच वर्षे विकासको मार्गचित्र सहित प्रथम पञ्‍चवर्षीय योजना २०७६,०७७,२०८०,०८१० कार्यान्वयनमा जोड दिइएको छ ।  

उक्त योजनाले निर्धारण गरेका प्राथमिकतामा रहेर योजना अवधिमा हासिल गर्न तोकिएका परिमाणात्मक लक्ष्यहरू प्राप्‍त गरी समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन सोचका साथ समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्‍चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्‍ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट तर्जुमा गरिने उल्लेख छ।

यस दिशामा केन्द्रित भई अब म कर्णाली प्रदेश विनियोजन विधेयक, २०८० मा समावेश हुने बजेट तथा कार्यक्रमका प्रमुख सिद्धान्तहरू प्रस्तुत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ