arrow

सशस्त्र प्रहरी र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्र र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालीबीच सम्झौता भएको छ । सम्झौताअनुसार सशस्त्रमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, निजका आश्रित परिवारहरु साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालीबाट खाना, पेय पदार्थ तथा आवास सेवाहरुमा छुट सुविधा उपलब्ध सहमति भएको छ । 

बुधबार भएको सहमतिपछि खाना र पेय पदार्थमा १२ प्रतिशत र आवास तथा आवास बुकिङ गर्दा २५ प्रतिशत छुट पाइने छ । 

त्यस्तै कुनै पार्टी, बैठक, सेमिनार तथा कार्यक्रम आयोजना गर्नुपरे विशेष छुट दिनेसमेत सम्झौता भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ