arrow

उपेन्द्र छानिए संसदीय दलको नेता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
upendra-yadav-bara-2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलले आफ्नो नेतामा उपेन्द्र यादवलाई चयन गरेको छ । सोमबार संसदीय दलले पार्टी अध्यक्षसमेत रहेका यादवलाई नेतामा चयन गरेको हो । 

यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेताको पद रिक्त रहँदै आएको थियो ।

गत १० वैशाखमा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादव दलको नेतामा चयन भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ