arrow

सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
prachanda-parliament-2079-09-26.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनेछन् । उनलाई जवाफ दिनका लागि पटक पटक सांसदहरुले आग्रह गर्दै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ