arrow

प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर, यस्तो छ सम्भावित कार्यसूची 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
prachanda-parliament-2079-09-26.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ । 

साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कायैसूचीमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ