कांग्रेसले अदालतको फैसलापछि मात्रै बालकृष्ण खाँडलाई कारबाही गर्ने
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
1.8k
Shares
काठमाडौं । नेपाली कांग्रेसले नेता बालकृष्ण खाँडलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँडले अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।
उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कुनै पनि मतभेद् नभएको बताए । उनले पक्राउ पर्ने बित्तिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटष्थ छानबिनको माग गरे ।