- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन् ।
शाहले एसीसी मेन्स प्रिमियर कप जितेर एसिया कपका लागि छनोट भएकामा नेपाललाई बधाइ दिएका हुन् ।
सामाजिक संजाल ट्वीटरमार्फत उनले उत्कृष्ट प्रदर्शन गर्ने सबैलाई बधाइ दिएका हुन् ।
नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भए पनि भारत र पाकिस्तानबीचको कारगिल युद्धका कारण खेल्न पाएको थिएन ।
यसपालि भने नेपालले पहिलो पटक भारत र पाकिस्तानकै समूहमा रहेर एसिया कप खेल्नेछ ।
यद्यपि आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपको मिति अझै तय भएको छैन ।
भारत पाकिस्तानमा नजाने सम्भावना रहेको पनि औँल्याइन्छ । तर तटस्थ स्थलमा हुने सम्भावना पनि कायमै छ ।
विश्वकपसमेत भारतमा हुने भएकाले पक्कै पनि कुनै न कुनै समाधानको बाटो एसियाली क्रिकेट परिषद आईसीसीले खोज्ने अपेक्षा गरिएको छ ।