arrow

नेपाल र आयरल्याण्डका ए टिमको एक दिवसीय शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
nepalA-irelandA-2024-03-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको एक दिवसीय क्रिकेट श्रृंखला आजदेखि शुरु भएको छ । कीर्तिपुर मैदानमा पहिलो खेलमा आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ । 

नेपाल क्रिकेट संघ क्यानका अनुसार तीन खेलको श्रृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । 

यसअघि ए टिमले आपसमा तीन खेलको टी–२० श्रृंखला खेलेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो । 

नेपालको सिनियर टिम भारतमा अभ्याससहितको एसएमएस च्याम्पियनशिप खेलिरहँदा ए टिमले आयरल्याण्ड एसँग घरेलु मैदानमा अभ्यास गरिरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ