arrow

नेपालले आयरल्याण्डलाई १५७ रनमै रोक्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
nepa-irea-odi-24-04-03.jpg

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको एक दिवसीय क्रिकेट श्रृंखला आजदेखि शुरु भएको छ । कीर्तिपुर मैदानमा जारी पहिलो खेलमा नेपालले आयरल्याण्डलाई १५७ रनमै रोकेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनायो । 

काडे कार्मिचेलले सर्वाधिक ५१ रन बनाए । कप्तान निल रकले ३९ रन बनाए । कमल ऐरीले २१ रन खर्चेर ४ तथा शहाब आलम र मौसम ढकालले २–२ विकेट लिए । त्यस्तै रिजन ढकालले १ विकेट लिए । 

नेपाल क्रिकेट संघ क्यानका अनुसार तीन खेलको श्रृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । 

यसअघि ए टिमले आपसमा तीन खेलको टी–२० श्रृंखला खेलेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो । 

नेपालको सिनियर टिम भारतमा अभ्याससहितको एसएमएस च्याम्पियनशिप खेलिरहँदा ए टिमले आयरल्याण्ड एसँग घरेलु मैदानमा अभ्यास गरिरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ