कांग्रेस नीति, अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशकमा डा आचार्य
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
868
Shares
काठमडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले कार्यकारी निर्देशकमा डा. सुरेश आचार्यलाई नियुक्त गरेका छन् ।
खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा आचार्यलाई नियुक्त गरेका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आएका छन् ।
उनी पत्रकारिताका अध्यापकसमेत हुन् । त्यसैगरी उनले नेपाली कांग्रेसका विभिन्न समितिहरुमा रहेर कार्य गरिसकेका छन् ।