arrow

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
rajkumar-sharma-chief-minister-karnali.jpg

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको छ । 

सभामुख नन्दा गुरुङले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने सूचना गरेकी हुन् । 

प्रदेशको १५औँ बैठकमा सभामुख गुरुङले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुने जानकारी गराइन् । 

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष पुगेर सिफारिस पत्र बुझाएका थिए । 

गत पुस १८ गते बसेको प्रदेशको पहिलो बैठकसँगै चालु अधिवेशनअन्तर्गत आइतबारसम्म २० घण्टा सात मिनेटको समयावधिमा १५ वटा बैठक बसेको सभामुख गुरुङले जानकारी दिएा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ