arrow

कांग्रेस सांसद चन्द्र भण्डारी आइतबार आउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
chandra-bhandari-new-mumbai-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् । कांग्रेस नेता एवं अध्यापक माधव न्यौपानेले भण्डारी आइतबार साँझ ५ बजे काठमाडौं आइपुग्ने बताए । भण्डारीको दिउँसो २ः५५ बजेको नेपाल एयरलाइन्सको टिकट रहेको छ । 

उनले नेपाल आएर घरमै आराम गर्ने र कीर्तिपुरस्थित बर्न अस्पतालमा फलोअप गर्ने गरी डा. भण्डारी नेपाल आउन लागेको बताए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि भण्डारी आइतबार आइपुग्ने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

डा भण्डारी मुम्बईको नेशनल बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । उनको स्वास्थ्यमा दिनानुदिन सुधार भइरहेको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।

नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् । 

फागुन ३ गते काठमाडौंस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा उनी जलेका थिए । सो घटनामा जलेकी उनकी आमाको फागुन ४ गते बिहान निधन भएको थियो । 

कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनकी आमाको निधन भएको थियो । अस्पतालले डा. भण्डारीको उपचार नेपालमा सम्भव नभएको बताएपछि भारतमा लगिएको हो । 

उनको ३० प्रतिशतसम्म शरीर जलेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ