arrow

तेस्रो पटक विश्वासको मत पाए मुख्यमन्त्री शर्माले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
rajkumar-sharma-chief-minister-karnali.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् । शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन् ।

आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परको छ। चैत २६ गते कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए ।

शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए। उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

केन्द्रमा सत्ता फेरिएको फेरिएलगत्तै राप्रपा कर्णाली सरकारबाट बाहिरिएको थियो । राप्रपाकी कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् ।

राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए । यस्तै मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिएका थिए ।

कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १४ र माओवादीका १३ सांसद छन्। यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक–एक सांसद छन्।

शर्माले नेकपा एमाले र राप्रपाबाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् । उनलाई माओवादीको १३, कांग्रेसको १४, एकीकृत समाजवादी र स्वतन्त्र एकरएक जना सांसदले पक्षमा मत हालेका हुन् ।

कर्णालीमा हाल माओवादी र कांग्रेसको गठबन्धन सरकार छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ