arrow

तेस्रो पटक विश्वासको मत लिँदै शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
rajkumar-sharma-chief-minister-karnali.jpg

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेको छ । त्यसका लागि आइतबार प्रदेशसभामा पुगेर शर्माले विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराइसकेका छन् ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन् ।

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ