मिटरब्याज पीडितले भने – ‘कान जचाऊ, आँखा जचाउ, सब ठीक भए दिमाग जचाऊ’
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
468
Shares
काठमाडौं । मिटरब्याज पीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।
केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनीहरुले आन्दोलनका क्रममा प्लेकार्डमा लेखेका छन्, ‘कान जचाऊ, आँखा जचाउ, सब ठीक भए दिमाग जचाऊ ।’