arrow

भावुक बन्दै चन्द्र भण्डारीले दिए शुभकामना !

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
chandra-bhandari-new-mumbai-hospital.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले भावुक बन्दै सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका छन् । 

शरीर जलेर गत फागुनदेखि भारतको मुम्बईस्थित नेशलन बर्नस् सेन्टरमा उपचाररत डा. भण्डारीले पहिलो पटक सामाजिक संजालमा भिडियो सन्देशसहित नयाँ वर्षको शुभकामना दिएका हुन् । 

शुभकामनाका क्रममा उनले आफू छिट्टै नै नेपाल आएर नेपालमै थप उपचार गर्ने बताएका छन् । उनले आफू स्वास्थ्यका कारणले गर्दा नेपालमा रहन नसकेको भन्दै स्वास्थ्यमा सुधार भइरहेकाले छिट्टै नेपाल आउने बताएका हुन् । 

उनले सम्बोधनका क्रममा भनेका छन्, ‘आदरणीय बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरु ! आज हामी स्वदेशमा वा विदेशमा बस्ने नेपालीहरु विक्रम सम्वत् २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं । एक अर्कोले सुख, शान्ति, समृद्धिको कामना गरिरहेका छौं । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख, शान्ति समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’

डा. भण्डारीले अगाडि भने, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन । तपाईहरुको माया, सद्भाव, प्रेम र प्रार्थनाको कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ । छिट्टै नै म तपाईहरुसित उपस्थित भएर त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु । र यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद । जय नेपाल ।’

डा. भण्डारी बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । उनको स्वास्थ्यमा दिनानुदिन सुधार भइरहेको छ । 

फागुन ३ गते निवासमा ग्यास लिक भएर आगलागी हुँदा उनी जलेका थिए । सो घटनामा जलेकी उनकी आमाको फागुन ४ गते बिहान निधन भएको थियो । 

कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनकी आमाको निधन भएको थियो । अस्पतालले डा भण्डारीको उपचार नेपालमा सम्भव नभएको बताएपछि भारतमा लगिएको हो । 

उनको ३० प्रतिशतसम्म शरीर जलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ