arrow

कर्णालीमा प्रशासनिक र वित्तीय सङ्घीयता आउन सकेन : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
rajkumar-sharma-chief-minister-karnali.jpg

कर्णाली ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताएका छन् ।

मुख्यमन्त्री शर्माले मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय र प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जान नसकेको बताए । उनले कर्मचारी, बैंक र वित्तीय संस्थामा शनिबार पनि केन्द्रिकृत मानसिकता लाद्ने काम भइरहेको जनाए । 

मुख्यमन्त्री शर्माले भने, “कर्मचारीले आफ्नो सेवा सुविधा लिएर प्राप्त जिम्मेवारीअनुसार जनतालाई दिने सेवा गुणस्तरीय, पारदर्शी, चुस्त प्रभावकारी हुनुपर्दछ । सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि सङ्घ/सङ्गठनलाई परिचालन गर्नु अहिलेको आवश्यकता पनि हो ।”

आफूलाई जनताको कामदारको रुपमा उभ्याएर कर्णाली प्रदेश सरकारको नेतृत्व गरेको जनाउँदै उनले राजनीतिक परिवर्तनबाट व्यवस्थासँगै जनताको अवस्था बदल्न सबै सरोकारवाला र क्षेत्रको त्यतिकै भूमिका रहेको व्यक्त गरे । कर्णालीको माटो सुहाउँदो र जनताको आवश्यकतामा आधारित विधेयक ल्याउने भन्दै मुख्यमन्त्री शर्माले बन्ने नीति र कानुन कर्णालीवासीको अपनत्व हुने स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ