माघदेखि बेपत्ता भएका विश्वको शव फेला पार्यो सशस्त्र प्रहरीको गोताखोरले
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
5.6k
Shares
काठमाडौं । सशस्त्र प्रहरीको गोताखोर टिमले गत माघ ९ गतेदेखि सेती नदीमा हामफालेर बेपत्ता भएकाको शव फेला परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्वबहादुर गुरुङको शव सशस्त्रको गोताखोरले फेला पारेको हो ।
मंगलबार पोखरा महानगरपालिका १६ दिपस्थित केआई सिंह पुलबाट मंगलबार हाम फालेर बेपत्ता भएकी लामाचौर बस्ने ३१ वर्षीया अल्का गुरुङको खोजतलासका क्रममा पुरानो घटनामा बेपत्ता भएकाको शव फेला परेको हो ।
नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले शव फेला पारेको हो । अल्काको भने खोजीकार्य जारी रहेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार विश्वको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।