सत्ता र शक्तिबाहेक अरू केही चिन्ता नगर्नेहरूबाट विकास हुँदैन : केसी
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
687
Shares
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिबाहेक अरू केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताएका छन् । शनिबार बागलुङमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको बताए ।
“अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ, सरकारले विषादीयुक्त तरकारी आयातमा रोक लगाउनुपर्छ, अहिले सरकारले त्यो गर्न सकेको छैन”, नेता केसीले भने, “मान्छेले घर छाडेपछि बाँदर भित्रियो, अहिले बसाइँसराइले गाउँ खाली भएको छ, स्रोत र साधन परिचालनमा विज्ञ सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
विज्ञहरूको सुझावका आधारमा कृषि, उद्योग र पर्यटनमा जोड दिन सके समृद्ध जैमिनी बन्नेमा शङ्का नरहेको बताउँदै नेता केसीले स्थानीय उत्पादन बजारीकरणको जिम्मा लिन आवश्यक रहेको बताए ।