arrow

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
rajkumar-sharma-chief-minister-karnali.jpg

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् ।

गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग हो भने । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उनले जिकिर गरे ।

मुख्यमन्त्री शर्माले भने, “हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।” शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले विद्यालयमा बालबालिकाको पहुँच बढे पनि सिकाइस्तर अपेक्षाकृत हुन नसकेको बताए । लैङ्गिक समानता र विद्यार्थी सङ्ख्या बढेको छ”, उनले भने, “तर गणित र विज्ञानमा अहिले  पनि विद्यार्थी कमजोर छन् । प्रमुख सचिव डा खनालले डिजिटल सुशासन र साक्षरताले पनि कर्णालीको विकासमा सहयोग पुग्ने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ