arrow

चन्द्र भण्डारीको स्वास्थ्यः चिकित्सकको टोलीसहित गएर भेटे डा सुनील शर्माले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
chandra-bhandari-sunil-sharma.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माले भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत कांग्रेस नेता डा. चन्द्र भण्डारीलाई भेटेका छन् । 

चिकित्सकसहितको टोली लगेर डा. शर्माले डा. भण्डारीलाई भेटेका हुन् । पार्टीका तर्फबाट गएका डा. शर्माले भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताए । उनी बर्न सेन्टरका प्रमुख प्लाष्टिक सर्जन डा. शंकरमान राईलाईसमेत लिएर गएका थिए । 

डा. शर्माले चन्द्र भण्डारीको सबै अवस्था बुझेपछि शनिबार सबै राम्रो भइरहेको र सुधार पनि तीव्र गतिमा भइरहेको भन्दै एक महिना भित्रमा भण्डारी अस्पतालबाट डिस्चार्ज हुने बताए । 

उनले भने, ‘उहाँ एक महिनाभित्र डिस्चार्ज हुने ९० प्रतिशत विश्वास छ । तर मेडिकलमा १० प्रतिशत त के हुन्छ भन्न नै सकिँदैन ।’ 

डा. शर्मा पनि डा. भण्डारीलाई भेटेपछि स्वास्थ्य निकै सुधारोन्मुख भएको भन्दै सन्तोष व्यक्त गरे । 

डा. भण्डारी बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । उनको स्वास्थ्यमा दिनानुदिन सुधार भइरहेको छ । 

फागुन ३ गते निवासमा ग्यास लिक भएर आगलागी हुँदा उनी जलेका थिए । सो घटनामा जलेकी उनकी आमाको फागुन ४ गते बिहान निधन भएको थियो । 

कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनकी आमाको निधन भएको थियो । अस्पतालले डा. भण्डारीको उपचार नेपालमा सम्भव नभएको बताएपछि भारतमा लगिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ