arrow

कर्णालीमा एमालेको मतले माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
rajkumar-sharma-chief-minister-karnali.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्मालाई प्रदेश सभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उनलाई २५ सदस्यले विश्वासको मत दिएका थिए । 

उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा राप्रपाका प्रदेश सभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिइन् । 

अन्य क्षेत्रमा एमाले सरकारबाट बाहिरिँदै आए पनि कर्णालीमा एमालेले माओवादीका मुख्यमन्त्रीलाई सघाएको हो । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल सरकारमा छन् । 

यसअघि सरकार गठन हुँदा एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो (अढाई–अढाई वर्ष) गर्ने सहमति भएको थियो । त्यही निर्णय कार्यान्वयन गर्न विश्वासको मत दिएको एमालेका एक सांसदले बताए ।

यो विषयमा कांग्रेसले भने गहिरिएर सोच्नुपर्ने बेला आएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ