arrow

मुम्बईको अस्पताल बसाईको ३६ औं दिनमा कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीलाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
chandra-bhandari-2079-12-09.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेनटरमा उपचाररत डा. भण्डारीको अस्पतालमा भर्ना भएको बिहीबार ३६ औं दिन हो । 

अहिलेसम्म आइपुग्दा काउन्सिलिङ डा. सुनील मनोहर केश्वानीले साँझ ६ः३० बजे दिएको काउन्सिलिङ विवरण अनुसार अनुहारको छाला राम्रोसँग पलाएको छ । सर्जरी गर्न नपर्ने भएको छ । 

स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । ग्राफ्ट गरेको छालाले राम्रोसँग काम गरेको छ तर पूर्ण निको हुन समय लाग्नेछ । एक हप्तापछि सम्पूर्ण ग्राफ्ट गरिएको छालाको मूल्यांकन गरिने छ । केही भागमा अझै पूर्ण रुपमा ग्राफ्ट भएको छैन, समय लाग्न सक्छ । सो पछिल्लो ग्राफ्ट गरेको आफ्नै छालाबाट लिइएको थियो । 

फिजियोथेरापी क्रमिक रुपमा भइरहेको छ । बिहीबार पनि सपोर्ट बिना केही समयका लागि बसेका छन्। । अरुको सहयोगमा उठेर आफै कुर्सीमा बसेका छन् भने करिब ३ मिनेट जति हिँडेका छन् । 

राम्रोसँग बोल्न सक्छन् स्मरणशक्ति ठीक छ । साधारण आहार दिइएको छ ।   

संक्रमण रोक्नका निमित्त अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा प्रतिबन्ध लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ