arrow

चार किलो चरेशसहित दुई नेपाली भारतमा पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
charesh-pakrau.jpg

दार्चुला । भारतको उत्तराखण्ड प्रहरीले करिब चार किलो चरेशसहित दुई नेपालीलाई पक्राउ गरेको छ । 

उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका-६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका-१ पिपौलचौरीका २६ वर्षीय रवि कुवरलाई पक्राउ गरेको हो । 

प्रहरीले तीन किलो ६८० ग्राम चरेश सहित उनीहरूलाई सोमवार बेलुकी ७ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । 

बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।



नयाँ