arrow

कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीलाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
chandra-bhandari-gulmi-1-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत डा. भण्डारीको ३३ औं दिनको अवस्थाबारे जानकारी दिने क्रममा डा. मानसीले साँझ ६ बजे स्वास्थ्यमा सुधार भएको जनाएकी हुन् । 

उनका अनुसार भण्डारीको फिजियोथेरापी जारी छ । आज उनी केही समय कसैको सहारा बिना नै बसेका छन् । तेस्रो ड्रेसिङ पछि हिँड्ने प्रयास हुनेछ ।

अनुहारको छाला राम्रो हुँदै गएको छ र शल्यक्रिया गर्नुपर्ने छैन । कलमी छालाले राम्रो काम गरिरहेको छ । तर समय लाग्छ । फिजियोथेरापी जारी छ।
सामान्य आहार प्रदान गरिएको छ।

संक्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकहरूलाई कडाइका साथ निषेध गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ