arrow

प्रचण्ड पुरानै गठबन्धनमा फर्किएकाले समर्थन – चित्रबहादुर केसी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
chitrabahadur-kc-parliament.jpg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले समर्थन गर्ने बताएका हुन् । 

यसअघि एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा दाहाललाई समर्थन नगरे पनि प्रचण्ड पुरानै गठबन्धनमा फर्किएकाले समर्थन गर्ने उनले बताए ।

अध्यक्ष केसीले सत्ता र शक्तिको लागि एकले अर्कोलाई खसाल्ने र आफू राम्रो बन्ने कुराबाट जनतालाई राम्रो नहुने बताए । राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष केसी मात्र प्रतिनिधि सभा सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ