arrow

नेपाल प्रहरीका पाँच डीआईजीको एआईजीमा बढुवा, तयारी आईजीपी बनाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डीआईजी) को अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 

गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरिएको हो । 

अब यिनै बढुवा भएकाहरुमध्ये एक जना आगामी चैत ११ गते प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । 

प्रहरीमा भएको ३० वर्षे हदम्याद नहटाए यिनै पाँचमध्ये एकले प्रहरीको नेतृत्व सम्हाल्नेछन् । चैत ११ भित्र हदम्याद हटाउँदा भने अहिलेकै आईजीपी धिरजप्रताप सिंहले निरन्तरता पाउने छन् । 

नत्र आईजीपी सिंह र बाँकी ३ एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि त्यसपछिको नेतृत्व गर्ने उनीहरुमध्ये एक जना हुनेछन् ।

३० वर्षे सेवा अवधिका कारण एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकाशमा जानेछन् ।

प्रहरीभित्र जब जब नेतृत्व सम्हाल्ने बेला आउँछ तब हदम्याद हटाउने चर्चा खुवै चल्ने गर्छ । 

हदम्याद नहटे आज एआईजी भएका पाँचमध्ये एक हप्ताको फुलीमा अर्को फुली थपेर एक जना आईजीपी हुनेछन् । 

एआईजीमा कुनै पनि मुल्यांकन नभइ पाँचमध्ये एक जना जो पनि आईजीपी बन्न सक्छन् । 

एक पूर्व आईजीपीका अनुसार यसअघिको मूल्यांकनलाई आधार बनाएर एक तह माथि बढुवा गर्नु उपयुक्त नहुने बताउँछन् । 

उनको भनाइअनुसार सरकारले जसलाई चाह्यो उसैलाई आईजीपी बनाउन सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ