arrow

राजदूत आचार्यले बुझाए माल्टामा ओहदाको प्रमाणपत्र, राष्ट्रपति भेला उत्साही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
gyanchandra-acharya-malta-president-2023.jpg

माल्टा । माल्टा र युकेका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले माल्टाको राजधानीमा रहेको ग्रान्डमास्टर प्यालेसमा माल्टाका राष्ट्रपति जर्ज भेला समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

सो क्रममा राष्ट्रपति भेलाले दूरीका बाबजुद पनि हालका वर्षहरूमा दुई देशबीचको सम्बन्धले गति लिएको बताए । उनले माल्टामा रहेका नेपाली समुदायबारे उल्लेख गर्दै आर्थिक वृद्धि र सामाजिक संरचनामा योगदान पुर्याएको बताए । 

राष्ट्रपतिले प्रजातान्त्रिक मूल्यमान्यता, कानूनको शासन र मौलिक स्वतन्त्रताप्रति आपसी प्रतिबद्धताका माध्यमबाट नेपालसँग इयूको संलग्नतालाई माल्टाले समर्थन गर्ने बताए । उनले राजदूतलाई आफ्नो कार्यकालमा माल्टाका शैक्षिक तथा तालिम संस्थाहरूसँग संलग्न हुन प्रोत्साहित गरेका छन् । 

राजदूत आचार्यले माल्टासँग विशेषगरी शिक्षा र पर्यटनका क्षेत्रमा सम्बन्धलाई अझ प्रगाढ बनाउने आफ्नो योजनाको विषयमा भनाइ राखेका छन् । माल्टामा पर्यटन क्षेत्रले वर्षौंदेखि सफलतापूर्वक विकास गरेको तरिकालाई नजिकबाट निहाल्दै नेपालले यसबाट सिक्न सक्ने कुराहरुमा आचार्यले जोड दिएका छन् । 

राजदूतले माल्टा र नेपालले ठोस पहल र परियोजनाहरू मार्फत विशेष गरी संयुक्त राष्ट्र संघको ढाँचामा बहुपक्षीयताप्रति निकै बलियो प्रतिबद्धता रहेको बताएका छन् । उनले गत जनवरीदेखि शुरु भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को गैर–स्थायी सदस्यको रूपमा आफ्नो कार्यकालमा माल्टाले गरिरहेको कामको लागि बधाई दिए । 

उक्त अवसरमा पर्यटन, शिक्षा, रोजगारका अवसर तथा माल्टास्थित नेपाली समुदायमार्फत आपसी सम्बन्ध अझ विस्तार गर्न दुवै सहमत भएका छन् । कार्यक्रममा राजदूत आचार्य पत्नी सुनिता आचार्य र दूतावासकी तृतीय सचिव पूजन पाण्डे पनि सहभागी थिए ।

सोही अवसरमा माल्टाको सेन्ट जुलिएन्समा राजदूतावासले दिइरहेको सेवा लिनको लागि माल्टामा रहेका नेपालीहरुको घुइचो लागेको छ । दुई दिने सो सेवामा करिब ३५० ब्यक्ति प्रतक्षरुपमा लाभान्वित हुने माल्टाका समाजसेवी रेमलाल खनाल ‘रेम्स’ ले जानकारी दिए । 

विभिन संघ सस्थाको सहयोगमा सो सेवा प्रदान गरिएको छ । सेवाको पहिलो दिन करिव १५० हाराहारीमा सेव प्रदान गर्न सफल भएको र बाँकीले शनिबार सक्ने गरी काम थालिएको छ । 

राजदूत आचार्यले विभिन्न संघ सस्थाका प्रतिनिधिबीचको अन्तरक्रिया कार्यक्रम राखी माल्टामा रहेका समस्याहरु समाधान गर्न पहल गर्ने ब्यक्त गरेका छन् । 

साथै सन् २०१८ मा इटालीको रोममा भएको युरोप सम्मेलनदेखि उठिरहेको माल्टाको काउन्सिलर सम्बन्धी सेबा स्पेनबाट पनि संचालन गर्ने निर्णय भएको र छिट्टै प्रक्रियागत अगाडि लैजानेदेखि आगामी अक्टोबरमा प्रयटन प्रवर्दन सम्बन्धी कार्यक्रम माल्टामा गर्ने गरी तयारी शुरु गरिएको नेपाली जनसम्पर्क समितिका सभापति सन्देश केसीले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ