arrow

चमत्कारी सुधारतर्फ कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
chandra-bhandari-treatment-update-2079-11-22.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा चमत्कारी सुधार आएको छ । फागुन ३ गते राति घरमा ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भएका डा. भण्डारी फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत छन् । 

उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनका पूर्व स्वकीय एवं कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिएका छन् । सोमबार बिहान डा. भण्डारीको पछिल्लो तस्बिर सार्वजनिक गर्दै उनले खुशी हुँदै हाम्राकुरासँग भने, ‘देखिहाल्नु भयो नि तस्बिर । तस्बिरले पनि धेरै बोल्यो । निकै नै सुधार भइरहेको छ ।’

गत फागुन ४ गते शरीरको ३० प्रतिशत भाग जलेर नेपालमा उपचार सम्भव नभएको भनी विदेश लैजान कीर्तिपुर बर्न अस्पतालले सल्लाह दिएको थियो ।

त्यसपछि श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर मुम्बई लगिएका उनको स्वास्थ्यमा अहिले उल्लेख्य सुधार आएको हो । न्यौपानेले खुशी साट्दै एकै स्वासमा भने, ‘खाना खाइरहनु भएको छ । दोहोरो सम्वाद भइरहेको छ । अक्सिजन सबैन्दा कम दिइएको छ । ज्वरो छैन । इन्फेक्सन रिकोभरिको अवस्थामा छ । कोलमी छाला राम्रोसँग पलाइरहेको छ ।’ 

डा. भण्डारीलाई अझै कम्तीमा तीन साता भने नेशनल अस्पतालमै राख्नुपर्नेछ । उनी हातको पहिलो ब्यान्डिङमै रहेका छन् । अझै दुई पटक हातको ब्यान्डिङ गर्नुपर्नेछ । खुट्टाको दोस्रो ब्यान्डिङ गरिएको छ । तेस्रो ब्यान्डिङ ३ दिनपछि हुँदैछ । 

डा. भण्डारीले दोहोरो सम्वादका क्रममा नेपालको अवस्था, पछिल्लो राजनीतिक गतिविधि लगायतका बारेमा निकै नै चासो दिएर सोध्दै आएका छन् । 

उनीसँगै जलेकी उनकी आमाको भने फागुन ४ गते बिहान नै उपचारका क्रममा निधन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ