arrow

कस्तो छ कांग्रेस सांसद चन्द्र भण्डारीलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
chandra-bhandari-gulmi-1-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीका स्वास्थ्य सामान्य उन्मुख भएको छ । उनको स्वास्थ्यमा निकै नै सुधार आएको अस्पताल परिसरबाट जानकारी दिइएको छ । 

भाइटल्स (शरीरको तापक्रम, धडकनको गति, स्वास–प्रश्वासको दर, रक्तचाप) सवै सामान्य अवस्थामा रहेका छन् । उनको दायँ र बायाँ हातको केही भाग र औंलाको शल्यक्रिया सर्जरी गरिएको छ । 

त्यसैगरी उनलाई आईवीसीयूको प्रोटोकल अनुसार गएरातिदेखि सर्जरी भएको कारण पुनः आईवीसीयू (आईसीयू) मा अब्जरभेसनका लागि राखिएको छ । 

उनी दुई साताअघि घरमा जलेका थिए । ग्यास लिग भएर आगलागी हूँदा उनीसहित उनकी आमा जलेका थिए । उनकी आमाको अर्को दिन नै निधन भएको थियो भने उनलाई अर्को दिन भारतको मुम्बई लगिएको थियो । 

शरीरको करिब ३० प्रतिशत भाग जलेको भनिएका डा. भण्डारीको स्वास्थ्यमा निकै नै सुधार आइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ