arrow

शासन व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : मुख्यमन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
rajkumar-sharma-karnali-mukhyamantri.jpg

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उनले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । उनले शासन व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभा पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको हो । साधारणसभामा सात प्रदेश, ४५ जिल्लाका गरी करिब एक सय जना प्रतिनिधिको सहभागिता रहेको क्यान कर्णाली प्रदेश संयोजक पदम खड्काले जानकारी दिए । उनका अनुसार क्यानमा कर्णालीका चार जिल्ला समावेश छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ