केपीले राष्ट्रपति बनाउने भनेसँगै माधवलाई छट्पटी, पार्टीले बोलायो सचिवालय बैठक
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
1.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको सो पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।
सत्तारुढ गठबन्धन दलभित्र एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको चर्चाका बीच सो पार्टीले सचिवालय बैठक बोलाएको हो ।
केपी ओलीले गत आइतबार राजधानीमा गोप्य वार्ता गर्दै माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका थिए । उनले पार्टी एकतासँगै राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका हुन् । त्योसँगै कुनै समय माओवादी केन्द्रसँग एकता गर्न सकिए पनि केपी ओलीको एमालेसँग एकता गर्न नसकिने अडानमा रहेका नेकपा एसका नेताहरु एकाएक पग्लिन थालेका छन् ।