arrow

कांग्रेस नेता भण्डारीको स्वास्थ्य सामान्य बन्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
chandra-bhandari-gulmi-1-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । आज बिहान १०ः३० बजे चिकित्सकबाट काउन्सिलिङ सम्पन्न भएको भन्दै अस्पतालबाट माधव न्यौपानलेले अवस्था सामान्य बन्दै गएको बताएका छन् । 

ग्यास लिक भएर आगलागीमा परी ३० प्रतिशतसम्म शरीर जलेका डा. भण्डारीलाई कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । सोमबारबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेरिने भएको छ । 

त्यस्तै हातको जलेको भागले पनि काम गर्न थालेको छ । दुवै खुट्टाहरुको शल्यक्रियापछिको पहिलो ड्रेसिङ्गमा उनी रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ। 

गत बुधबार राति काठमाडौंको घरमा ग्यास लिक भएर आगलागीमा परी उनी घाइते भएका थिए । उनकी आमाको भने बिहीबार बिहान निधन भएको छ । 

डा. भण्डारीलाई बिहीबार दिउँसो श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर मुम्बई लगिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ